सोमबार, ०७ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

६ महिने लिगसहित एन्फाको क्यालेन्डर तयार

आइतबार, २६ पौष २०७७खेलपाटी संवाददाता
६ महिने लिगसहित एन्फाको क्यालेन्डर तयार
Classic Tech Internet Ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ६ महिने ए डिभिजन लिग सहितको वार्षिक क्यालेन्डर तयार पारेको छ ।

एन्फाको प्रतियोगिता कमिटिले शीर्ष डिभजिनको लिग सहित अर्को वर्षको वार्षिक क्यालेन्डर तयार पारेको हो ।

एन्फाले आगामी वर्षको ए डिभिजन लिग भाद्रदेखि माघसम्म ६ महिना सञ्चालनको तयारी गरेको छ । यसअघि करिब तीन महिने लिग एन्फाले सञ्चालन गर्दै आएको थियो ।

घरेलु फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभिजनको लिग छोटो समयमात्र सञ्चालन भएको भन्दै एन्फाको आलोचना हुँदै आएको थियो । अर्को वर्ष एन्फाले कम्तिमा ६ महिना लिग फुटबल सञ्चालन गर्ने गरि क्यालेन्डर तयार पारेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफा र एसियाली फुटबल महासंघ (एएफसी)ले समेत कम्तीमा ६ महिना लिग सञ्चालनका लागि एन्फालाई दबाब दिदै आएका थिए ।
एन्फाको वार्षिक क्यालेन्डर अनुसार बैशाखमा फुटसल, ए डिभिजन लिग र पुरुषको यू–२२ अन्तर नगरपालिका फुटबल प्रतियोगिता हुनेछ ।

यस्तै, स्कुले प्रतियोगिताको रुपमा यू–१४ क्विक्स कप नगरस्तरमा जेठदेखि असारसम्म, जिल्ला स्तरमा श्रावणदेखि भाद्रसम्म, प्रदेश स्तरमा आश्विनदेखि कात्तिक र राष्ट्रिय स्तरमा मंसिरसम्म सञ्चालन गरिनेछ ।

एन्फाले जेठ महिनामा ४ राष्ट्र सम्मिलित महिलाको अन्तराष्ट्रिय फुटबल प्रतियोगिता खेलाउने कार्यक्रम तयार गरेको छ ।

यस्तै, शहिद स्मारक राष्ट्रिय सी डिभिजन लिगको छनोट र ललित स्मृति यू–१८ प्रतियोगिता जेठदेखि असारमा सम्पन्न गर्ने एन्फाको योजना छ ।

नेपालले जेठ २४ मा विश्वकप छनोटको जोर्डनविरुद्धको खेल दशरथ रंगशालामा खेल्नेछ ।

एन्फाले उप मेयर कप राष्ट्रिय महिला लिगको पहिलो चरण श्रावणदेखि भाद्रसम्म, दोस्रो चरण कात्तिकदेखि मंसिरसम्म र अन्तिम चरण पौषदेखि फाल्गुनसम्म सञ्चालन गर्ने तयारी गरेको छ ।

यस्तै, ए डिभिजन लिग अघि एन्फा कप नकआउट फुटबल प्रतियोगिता सञ्चालन गरिने क्यालेन्डरमा उल्लेख छ । एन्फा कप भाद्र पहिलो साता सञ्चालन गर्ने तालिकामा छ ।

यस्तै, साफका उमेर समूहका प्रतियोगिता यू–१९ महिला च्याम्पियनसिप असार २९ देखि श्रावण ७ सम्म, यू–१६ महिला च्याम्पियनसिप भाद्र २ देखि ११ सम्म, साफ यू–१५ असोज १५ देखि २४ सम्म, साफ यू–१८ असोज २९ देखि कात्तिक ७ सम्म सञ्चालन हुनेछ ।

यस्तै, सिनियर साफ च्याम्पियनसिप बंगलादेशमा भाद्र २९ देखि असोज ९ गतेसम्म सञ्चालन हुने पक्का भईसकेको छ ।

यस्तै, सहिद स्मारक राष्टिय ए डिभिजन लिग भाद्रदेखि माघसम्म, बी डिभिजन लिग पौषदेखि माघसम्म, जिल्ला लिग पौषदेखि माघसम्म, सी डिभिजन लिग माघदेखि फाल्गुनसम्म, प्रदेश लिग फाल्गुन र एन्फा प्रेसिडेन्ट लिग चैतमा सञ्चालन गर्दै एन्फाले घरेलु फुटबल समापन गर्नेछ ।

एन्फाले वर्ष २०७७ को खेल तालिका समेत क्यालेन्डरमा उल्लेख छ । गत सिजन बाँकी रहेको बी डिभिजन लिगका ३४ खेल फागुन ११ खेलदेखि सञ्चालन गर्ने तयारी गरेको एन्फाले बाँकी रहेको प्रदेश लिग माघदेखि सञ्चालन गर्ने तयारी गरेको छ । प्रदेश लिग अन्तर्गत बागमती, प्रदेश २ र सुदुरपश्चिमको प्रतियोगिता गर्न बाँकी छ ।

एन्फाले फागुनमा एन्फा प्रेसिडेन्ट कप सञ्चालन गर्ने क्यालेन्डरमा उल्लेख छ ।

यस्तै, सी डिभिजन लिग चैत १ देखि ३० गतेसम्म, जिल्ला लिग चैतमा, चार राष्ट्र सम्मिलित पुरुषको फुटबल प्रतियोगिता फागुन २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने लक्ष्य छ ।

यस्तै, विश्वकप छनोटको खेल चैत १३ र १७ गते दशरथ रंगशालामा आयोजना गर्ने र फुटसल प्रतियोगिता चैत १ गतेबाट बैशाख ७ गतेसम्म सञ्चालन गर्दै यस वर्षको फुटबल सिजन समापन गर्ने एन्फाको योजना छ ।

No description available.

No description available.

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

Bajaj Pulsar Motorcycle Ad
 इलिसकालाई स्वर्ण

इलिसकालाई स्वर्ण

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

माजरसहित ३ पाकिस्तानी खेलाडीले रुकुम पश्चिमबाट खेल्ने

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

एक लाख ८१ हजारसम्मको विश्वकप टिकट बिक्री गर्दै एन्फा

गण्डकीले  एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

गण्डकीले एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नखेल्ने

पोर्टो पुगे थियागो

पोर्टो पुगे थियागो

राफिन्हा र यमल फेरि नायक

राफिन्हा र यमल फेरि नायक

३०औं क्लब गोलमा केन

३०औं क्लब गोलमा केन

भिल्लासँग हार्‍यो युनाइटेड

भिल्लासँग हार्‍यो युनाइटेड