एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले सहज जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा भिल्लाले सेल्टा भिगोलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
सेल्टाको मैदानमा भिल्लाले पहिलो हाफमै चार गोल गरेको थियो ।
खेलको पाँचौं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै भिल्लालाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको १४ औं मिनेटमा मोइज गोमेजले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।

१९ औं मिनेटमा डानियल पेरेजोले गोल गर्दा भिल्ला ३-० ले अघि रह्यो ।
त्यसपछि खेलको ३१ औं मिनेटमा फेर निनोले गोल गर्दै भिल्लालाई ४-० को जित दिलाए ।
जितसँगै भिल्ला लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
भिल्लाले १८ खेलमा ३२ अंक जोडेको छ ।
सेल्टा २३ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।