एजेन्सी । इंग्लिस फुटबल लिग (इएफएल) क्लबका १ सय बढी खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
इएफएलले शुक्रबार पछिल्लो चरणको परिक्षणमा १ सय १२ जनामा कोरोना देखिएको जनाएको छ ।
आपछिल्लो समय ६६ क्लबका ३ हजार ५ सय ७ खेलाडी र स्टाफमा गरिएको परिक्षणमा सय बढीको रिपोर्ट पोजेटिभ आएको हो ।
जसअन्तर्गत च्याम्पियनसिप लिडर नर्विच सिटीका ३ खेलाडीमा कोरोना देखिएको छ ।
इएफएलले कोरोना संक्रमितको परिचय भने गोप्य राखेको छ ।
यस्तै उनीहरु सेल्फ आईसोलेसनमा रहेको जनाएको छ ।