एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामका फरवार्ड सेबास्टिन हेलर डच क्लब आयाक्समा अनुबन्धित भएका छन् ।
वेस्ट ह्यामले शुक्रबार सेबास्टिन आयाक्समा अनुबन्धित भएको जनाएको छ ।
'क्लबमा गरेको योगदानका लागि सेबास्टिनलाई धन्यवाद र उसको भविष्यको लागि शुभकामना,' वेस्ट ह्यामले भनेको छ ।
आयाक्सले सेबास्टिन अनुबन्धको रकम भने खुलाएको छैन । तर, सेबास्टिनलाई आयाक्सले २२.५ मिलियन पाउण्डमा अनुबन्धित गरेको बताईएको छ ।
आइभरी कोस्टका २६ वर्षीय फरवार्ड सेबास्टिन गत सिजन जर्मन क्लब फ्रान्कफर्टबाट वेस्ट ह्याम आएका थिए ।
उनलाई अनुबन्ध गर्न वेस्ट ह्यामले कीर्तिमानी मूल्य ४५ मिलियन खर्च गरेको थियो ।
सेबास्टिनले वेस्ट ह्यामका लागि ५४ खेलमा १४ गोल गरेका छन् ।
यस सिजन सेबास्टिनले १६ लिग खेलमा ३ गोल गरेका छन् ।