काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ग्रासरुट फुटबलको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना निकालिएको छ ।
खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न एन्फाले शुक्रबार सार्वजनिक सूचना निकालेको हो ।
एन्फाले लोगो डिजाइनको लागि जनवरी ३० सम्म समय तोकेको छ ।
एन्फाले जनवरी ३० भित्र आएको मध्ये उत्कृष्ट एक लोगोलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् ।
एन्फाले उत्कृष्ट लोगो बनाउनेलाई २५ हजार रुपैयाँ दिनेछ ।
एन्फाले लोगो डिजाइनको लागि मापदण्ड समेत तोकेको छ । लोगो जीवन्त,आकर्षक हुनुको साथै नेपाल फुटबल र ग्रासरुटको प्रतीक झल्कनु पर्नेछ ।
यस्तै लोगो अन्तराष्ट्रिय स्तरको हुनु पर्नेछ । लोगोमा कपीराइट लाग्ने कुराहरु प्रयोग गर्न पाइने छैन । रंगीन डिजाइनको लोगोमा चार भन्दा बढी रङको प्रयोग गर्न पाइने छैन ।
त्यस्तै डिजाइन गरिसकेको लोगो उच्च क्वालिटीको हुनुका साथै वाटरमार्क राख्न पाइने छैन ।
