एजेन्सी । प्रिमियर लिग क्लब लेष्टर सिटीका फरवार्ड जेमी भार्डी र मिडफिल्डर जेम्स म्याडिसनले स्टोक सिटीविरुद्धको खेल गुमाउन सक्ने भएका छन् ।
लेष्टरले एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा च्याम्पियनसिप क्लब स्टोकविरुद्ध शनिबार प्रतिस्पर्धा गर्दैछ ।
तर, चोटका कारण भार्डी र म्याडिसनले स्टोकविरुद्धको खेल गुमाउन सक्ने भएका हुन् ।
भार्डी हिप चोटबाट ग्रसित रहेका छन् । यस्तै म्याडिसनले न्युकासलविरुद्धको खेलमा घुँडाको चोट बोकेका थिए ।
तर, लेष्टरले भार्डी र म्याडिसनले खेल्ने नखेल्नेबारे बताएको छैन ।
यस्तै लेष्टरविरुद्ध स्टोकका मुख्य स्ट्राइकर स्टेभेन फ्लेचर खेल्ने छैनन् ।
ग्रोईन चोटको कारण उनी टिम बाहिर रहेका छन् ।