एजेन्सी । इंग्लिस एफए कप फुटबलमा आज (शुक्रबार) लिभरपुलले एस्टन भिल्लासँग प्रतिस्पर्धा गर्दैछ ।
एफए कपको तेस्रो चरण अन्तर्गत लिभरपुलले भिल्लासँग उसैको मैदानमा खेल्नेछ ।
लिभरपुल र भिल्लाबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
भिल्लाविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।
प्रिमियर लिग लिडर लिभरपुललाई सहज हुने अनुमान समेत गरिएको छ ।
किनकि भिल्लाले लिभरपुलविरुद्ध यू-२३ टिमका खेलाडी खेलाउने छन् ।
फस्ट टिमका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि लिभरपुलविरुद्ध भिल्लाले युवा टिमलाई मैदान उतार्ने भएको हो ।
यस्तै लिभरपुलविरुद्ध मुख्य प्रशिक्षक डीन स्मिथ समेत मैदानमा देखिने छैनन् ।
भिल्लाले कोरोना देखिने खेलाडी र स्टाफको संख्या ठुलो रहेको जनाएको छ ।
तर, भिल्लाका युवा टिमले लिभरपुललाई कडा चुनौती दिने सम्भावना रहेको छ ।
एफए कप अन्तर्गत नै उल्भ्सले क्रिस्टल प्यालेसविरुद्ध खेल्नेछ ।
उल्भ्स र क्रिस्टलबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्दै अर्को चरणमा पुग्ने लक्ष्यमा हुनेछ ।