एजेन्सी । एस्टन भिल्लाले एफए कप अन्तर्गत लिभरपुलविरुद्धको खेलमा यू-२३ टिम र एकेडेमीका खेलाडीलाई मैदान उतार्ने भएको छ ।
भिल्लाको फस्ट टिमका खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएपछि लिभरपुलविरुद्ध युवा टिमलाई मैदान उतार्ने भएको हो ।
एफए कप अन्तर्गत तेस्रो चरणको खेलमा भिल्लाले शुक्रबार राति लिभरपुलविरुद्ध खेल्नेछ ।
यस्तै लिभरपुलविरुद्ध मुख्य प्रशिक्षक डीन स्मिथ समेत मैदानमा देखिने छैनन् ।
एफए कपको तयारी गरिरहेको भिल्लाका खेलाडी र स्टाफमा कोरोना देखिएको थियो ।
भिल्लाले कोरोना देखिने खेलाडी र स्टाफको संख्या ठुलो रहेको जनाएको छ ।
खेलाडी र स्टाफमा कोरोना देखिएपछि भिल्लाले टिमको प्रशिक्षण समेत स्थगित गरेको थियो ।