एजेन्सी । भ्यालेन्सिया स्पेनिस कोपा डेल रे फुटबलको तेस्रो चरणमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको दोस्रो चरणको खेलमा दोस्रो डिभिजन क्लब एक्लानोलाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाको तेस्रो चरणमा स्थान बनाएको हो ।
एक्लानोको मैदानमा काङ्ग इन लिको गोलबाट सातौं मिनेटमा भ्यालेन्सियाले अग्रता बनाएको थियो ।
नवौं मिनेटमा उरोस रासिकले गोल गर्दा भ्यालेन्सिया २-० ले अघि रह्यो ।

खेलको ३४ औं मिनेटमा रुबेनले गोल गर्दै टोलीलाई ३-० को अग्रता दिलाए ।
खेलको ४६ औं मिनेटमा अल्बर्टो ओकाले गोल गोल गर्दै घरेलु टोलीलाई ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ५३ औं मिनेटमा थियरी कोर्रेयाले गोल गर्दै भ्यालेन्सियालाई ४-१ को सहज जित दिलाए ।
कोपा डेल रे अन्तर्गत नै काडिज, आइबर र जिरोनाले जित निकाल्दै तेस्रो चरणमा स्थान बनाएका छन् ।
