एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका खेलाडी र स्टाफमा कोरोना भाईरसको संक्रमण देखिएको छ ।
एफए कपको तयारी गरिरहेको भिल्लाका खेलाडी र स्टाफमा कोरोना देखिएको हो ।
भिल्लाले कोरोना देखिने खेलाडी र स्टाफको संख्या ठुलो रहेको जनाएको छ ।
खेलाडी र स्टाफमा कोरोना देखिएपछि भिल्लाले टिमको प्रशिक्षण समेत स्थगित गरेको छ ।
भिल्लाले शुक्रबार राति एफए कपको तेस्रो चरणमा लिभरपुलविरुद्ध खेल्ने तालिका रहेको छ ।
भिल्लाका खेलाडीका कोरोना देखिएपछि दुई टिमको खेल समेत स्थगित हुने सम्भावना बढेको छ ।