एजेन्सी । अष्ट्रेलियाकी क्रिकेट अम्पायर क्लेयर पोलोसाक पुरुषको टेस्ट क्रिकेटमा काम गर्ने पहिलो महिला अम्पायर बनेकी छिन् ।
अष्ट्रेलियाको सिड्नीमा बिहीबार सुरु घरेलु टिम र भारतबीचको तेस्रो टेस्टको अम्पायर टिमको भूमिकामा रहदै पोलोसाकले इतिहास रचेकी हुन् ।
अष्ट्रेलिया र भारतबीचको टेस्टमा पोलोसाक फोर्थ अम्पायरको भूमिकामा रहेकी छिन् ।
यससँगै उनी पुरुषको टेस्ट क्रिकेटमा अम्पायरको भूमिकामा काम गर्ने पहिलो महिला अम्पायर बनेकी हुन् ।
३२ वर्षीय उनी गत वर्ष पुरुषको एकदिवसीय क्रिकेटमा फिल्ड अम्पायरको भूमिकामा काम गर्ने पहिलो महिला बनेकी थिइन् ।
पोलोसाक सन् २०१७ मा अष्ट्रेलियाको पुरुषको घरेलु क्रिकेटमा अम्पायर गर्ने पहिलो महिला अम्पायर बनेकी थिइन् ।