• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘म्याच एक्सपोजर महिला खेलाडीको भविष्य’
विश्वास थापा
बुधबार, पुस २२, २०७७ विश्वास थापा
‘म्याच एक्सपोजर महिला खेलाडीको भविष्य’

काठमाडौं । नेपाली महिला क्रिकेट खेलाडीले हालै एक हप्ता मैदानमा जम्ने मौका पाए ।

दाङमा आइतबार सकिएको प्रधानमन्त्री कप महिला क्रिकेटको कारण महिला क्रिकेटरले मैदान उत्रने मौका पाएका हुन् ।

कोरोना भाईरसको महामारीको कारण महिला खेलाडीहरु करिब एक वर्षपछि मैदान उत्रिएका थिए ।

प्रतियोगितामा ७ प्रदेशसँगै विभागीय टोली एपीएफले सहभागिता जनाएका थिए ।

लमहीमा भएको रोमाञ्चक फाइनलमा साविकको विजेता एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले पहिलो पटक उपाधि जितेको थियो ।

यसअघि एपीएफले महिला क्रिकेटको उपाधिमा एकछत्र राज गर्दै आएको थियो । तर, दाङमा भएको यस प्रतियोगिताले नयाँ च्याम्पियन पायो ।

उपाधि जित्ने प्रदेश १ मा राष्ट्रिय टिमको कप्तान रुबिना छेत्री सहित अन्य मुख्य ५ खेलाडी छन् ।

च्याम्पियन टिमका खेलाडी कोरोना महामारी समयमा समेत हरेक दिन व्यक्तिगत तथा सामुहिक अभ्यासमा ब्यस्त हुन्थे । त्यसैले पूर्वमा गरेको त्यस मेहनतको फल प्रदेश-१ ले पश्चिमको दाङमा हात पार्यो ।

संधै जसो व्यक्तिगत र एकेडेमिक प्रशिक्षणमा ब्यस्त रहने खेलाडीले उपाधि हात पार्नु स्वभाविक हो । मेहनत गर्नेले नै फल पाउने गर्छ ।

तर, उपाधिको प्रमुख दाबेदार एपीएफको तयारीमा भने कोरोनाले धेरै असर गरेको थियो ।

राष्ट्रिय टिमका खेलाडीको बाहुल्यता रहेपनि एपीएफका खेलाडीहरुले सामुहिक अभ्यास गरेका थिएनन् । जसको कारण फाइनलमा एपीएफ प्रदेश-१ सँग निरिह रह्यो ।

प्रतियोगिता भर खासै ठुलो रन स्कोर बोर्डमा देख्न सकिएन भने प्रतिस्पर्धात्मक देखिएन । प्रदेश-१ र एपीएफविरुद्ध अन्य टोली निरिह देखिए ।

प्रतियोगितामा भएको ३० इनिङ्स मध्ये ८ इनिङ्समा मात्रै १ सय रनको आंकडा कटेको थियो । त्यसमध्ये एपीएफले कर्णालीविरुद्ध २ सय ३५ रनको सर्वाधिक स्कोर बनाएको थियो । यस्तै प्रदेश-१ विरुद्ध गण्डकी प्रदेश मात्र ७ रनमा अलआउट भएको थियो ।

प्रतियोगिता भर चौका छक्का भन्दा अतिरिक्त रनक वर्षा थियो । त्यसले खेलाडी कुन स्तरबाट खेल्न आएको छ भन्ने प्रष्ट देखाउँछ ।

प्रतियोगितामा प्रतिस्पर्धात्मक खेल पस्कन नसक्नुमा धेरै कारण रहेको महिला राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटा बताउछन् ।

‘प्रतियोगिता प्रतिस्पर्धात्मक नहुनु धेरै कारण छन् । खेलाडीहरू सीमित छन्, सबै जिल्लामा महिला खेलाडी नै छैन् । लामो समयपछि खेलाडीहरू मैदान फर्किएका छन् तर बीचमा खेलाडीहरूलाई पर्याप्त समय पुगेन,’ प्रतियोगितामा खेलाडीको प्रदर्शन नियालेका प्रशिक्षक टमटाले भने ।

स्तरीय खेलाडीको भरमा एपीएफ र प्रदेश-१ बलियो देखिएको थियो । अन्य टोलीको प्रदर्शनमा रौनकता थिएन ।

‘कोरोनाको कारण धेरै खेलाडीले अभ्यास गरेनन् जस्तो लाग्छ प्रतियोगिताको १० दिन अगाडी देखि तयारी सुरु गरे कतिले प्रतियोगिता अघि म्याच खेल्न नी पाएनन् होला त्यसले खेलमा प्रभाव पर्यो । अर्को मैदानको आउट फिल्ड स्लो पनि थियो । ६० यार्डको मैदान सानो खेलाडीको लागि यत्रो मैदानमा खेल्नु चुनौती हो,’ टमटाले थपे ।

तर, प्रतियोगिताबाट नयाँ प्रतिभाहरु जन्मिएका छन् । प्रतियोगितामा खेलाडीले गरेको प्रदर्शनबाट प्रशिक्षक टमटा केहि हदसम्म सन्तुष्ट छन् ।

‘प्रतियोगिता राम्रो भयो । नयाँ प्रतिभाको खोजीका लागि दाङ गएको थिएँ । केही नयाँ अनुहारले राम्रो गरे, आशा देखाएका छन्,’ टमटा भन्छन्, ‘नयाँ टिम कर्णाली देखि गण्डकीकी १३ वर्षीय खेलाडी लगायतले राम्रो गरेका छन् । अब खेलाडीहरुलाई जति सक्दो म्याच एक्सपोजर चाहिएको छ । त्यसबारे क्यान समेत सकारात्मक रहेको जवाफ पाएको छु ।’

खेलाडीको वृद्धि विकासको लागि जतिसक्दो खेलाडीहरुलाई ब्यस्त राख्नु पर्ने समय आएको प्रशिक्षक टमटाको भनाई छ । प्रशिक्षक टमटाले आफुहरुले नेपाल क्रिकेट संघ (क्यान) लाई कार्यक्रमहरु उपलब्ध गराएको समेत बताए ।

‘क्यानलाई हामीले प्रोग्राम दिएका छौं । आउने दिनमा जतिसक्दो धेरै खेलाडी बोलाएर टिम विभाजन गर्दै फेरी एक प्रतियोगिता खेलाउने लक्ष्य छ । कम्तिमा ३६ देखी ४२ खेलाडीलाई बोलाएर अन्तिम छनोट गर्ने लक्ष्य लिएका छौं,’ टमटाले भने, ‘जति धेरै खेलहरु हुन्छ, खेलाडीको जाँच सफल हुन्छ । प्रतियोगितामा कुनै टिम कमजोर र कुनै बलियो थियो । अब राम्रो खेलेका खेलाडीलाई ल्याएर खेलाउँदा खेलाडीको ट्यालेन्ट थाहा हुन्छ । महिला क्रिकेट विकासको लागि वर्षमा एक प्रतियोगिता खेलेर हुँदैन । जसरी हुन्छ महिला खेलाडी ब्यस्त रहनु आवश्यक छ ।’

प्रशिक्षक टमटाले महिला खेलाडीका लागि थुप्रै चुनौती रहेको पनि बताए । ‘महिला खेलाडीमा छुट्टै चुनौती छ । उसले कति समय क्रिकेट खेल्छ भन्ने मुख्य विषय हो । उसलाई घरबाट कत्तिको सहयोग र साथ छ त्यो महत्वपूर्ण हुन्छ । आज राम्रो खेलेको खेलाडी भोली क्रिकेटमा निरन्तरता नदिएको देखेको छु । अहिले जसरि महिला खेलाडीले खेलिरहेका छन् त्यो नै ठुलो कुरा हो हाम्रो लागि,’ टमटा भन्छन् ।

तर, अब महिला क्रिकेट विकासमा क्यानले महत्वपूर्ण भूमिका खेल्नु पर्ने आवश्यकता देखिएको प्रशिक्षक टमटाले औल्याए ।

‘क्यानले अब प्रतियोगिताहरु ल्याउनु पर्छ । छिमेकी राष्ट्रसंगको सहकार्यमा अन्तराष्ट्रिय खेल खेलाउने गर्नु पर्छ । राम्रो खेल्ने युवा प्रतिभा छ भने उसलाई एकेडेमीमा ल्याउने भूमिका क्यानले खेल्नु पर्छ,’ टमटाले भने, ‘खेलाडीले कम्तिमा ५-६ वटा खेल बाहिर गएर खेल्न पायो भने उसमा निखार आउँछ । क्यानले लामो समय अभ्यास गर्ने वातावरण बनाउने र अन्तराष्ट्रिय एक्सपोजर दिने हो भने हामी नतिजा दिन सक्छौं ।’

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
कीर्तिमानी मुल्डर
कीर्तिमानी मुल्डर
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ट्रफी लिएर स्वदेश फर्कियो युवा टोली
ओडिआई वरीयतामा नेपाल यथावत्
ओडिआई वरीयतामा नेपाल यथावत्
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै
के होला वाइल्डेको भविष्य?
के होला वाइल्डेको भविष्य?
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
सिंगापुरविरुद्ध भुटानको सानदार पुनरागमन जित
क्रिकेटर अभय यादव सम्मानित
क्रिकेटर अभय यादव सम्मानित
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
बंगलादेशको नजर ओलम्पिक र विश्वकपतिर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP