विलियमसनको ७ हजार रन पुरा
मंगलबार, पुष २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । न्युजिल्याण्डका कप्तान केन विलियमसनले टेस्ट क्रिकेटमा ७ हजार रन पुरा गरेका छन् ।
घरेलु मैदानमा पाकिस्तानविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा १ सय २३ रन जोड्दै विलियमसनले ७ हजार रनको कोशेढुंगा पुरा गरेका हुन् ।
विलियमसनले १ सय ४४ टेस्ट इनिङ्समा ७ हजार रन पुरा गरेका हुन् ।
विलियमसन न्युजिल्याण्डका लागि सर्वाधिक छिटो ७ हजार रन पुरा गर्ने खेलाडी समेत बनेका छन् ।
यस्तै उनी यस कोशेढुंगा पार गर्ने न्युजिल्याण्डका तेस्रो खेलाडी समेत हुन् ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।













-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)