मोर्टजा टिम बाहिर, हसनको पुनरागमन
मंगलबार, पुष २१, २०७७खेलपाटी संवाददाता

एजेन्सी । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिमको घोषणा गरेको छ ।
बंगलादेशले प्रारम्भिक चरणमा २४ सदस्सीय टिमको घोषणा गरेको हो ।
बंगलादेशले घोषणा गरेको टिममा पूर्व कप्तान मश्राफे मोर्टजा अटाएका छैनन् ।
सन् २००१ मा डेब्यु गरेपछि मोर्टजा पहिलो पटक टिम बाहिर रहेका हुन् ।
उनी बंगलादेशका लागि एकदिवसीयमा सर्वाधिक विकेट लिने खेलाडी हुन् ।

तर, टिममा शाकिब अल हसनले भने पुनरागमन गरेका छन् ।
टेस्ट र टी-ट्वान्टीका पूर्व कप्तान हसन १ वर्षको प्रतिबन्ध सकिएपछि टिममा फर्किएका हुन् ।
बंगलादेश र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज जनवरी २० बाट सुरु हुनेछ ।
कोरोना महामारीपछि बंगलादेशले पहिलो पटक अन्तराष्ट्रिय सिरिज खेल्न लागेको हो ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

