भ्यालेन्सिया र काडिजको बराबरी
मंगलबार, २१ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सिया र काडिजले बराबरी खेल्दै अंक बाडेका छन् ।
सोमबार राति भएको खेलमा भ्यालेन्सिया र काडिजले १-१ गोलको बराबरी खेलेको हो ।
भ्यालेन्सियाको मैदानमा सुरुवाती अग्रता भने काडिजले बनाएको थियो ।
खेलको ५८ औं मिनेटमा एन्थोनी लोजानोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७९ औं मिनेटमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै भ्यालेन्सियालाई १-१ गोलको बराबरीमा फर्काए ।
यस बराबरीसँगै भ्यालेन्सिया रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।
भ्यालेन्सिया १६ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।
काडिज २० अंक जोडेर १० औं स्थानमा रहेको छ ।






-1765173906909.webp&w=3840&q=75)
-1765160769087.webp&w=3840&q=75)
-1765159359412.webp&w=3840&q=75)




