पारस २५ दिनपछि कोरोना मुक्त
सोमबार, पुष २०, २०७७खेलपाटी संवाददाता

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का कोरोना भाईरसको संक्रमणबाट मुक्त भएका छन् ।
पारसले सोमबार सामाजिक संजालबाट आफु कोरोना मुक्त भएको बताएका छन् ।
पारस कोरोना पुष्टि भएको २५ दिनपछि मुक्त भएका हुन् ।
पारसलाई गत मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोनाको सामान्य लक्षण देखिएपछि परिक्षण गराउदा रिपोर्ट पोजेटिभ देखिएको थियो ।
कोरोना देखिएपछि उनी घरमै सेल्फ आईसोलेसनमा बसेका थिए ।
यस्तै उनले चितवनमा सम्पन्न गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता समेत गुमाएका थिए ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

