एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा डर्टमण्डले वुल्फ्सबर्गलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन म्यानुएल आकान्जी र जाडोन सान्चोले एक एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीका सकिएको खेलको ६६ औं मिनेटमा म्यानुएलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको इन्जुरी समय सान्चोले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए ।

जितसँगै डर्टमण्ड लिगको चौंथो स्थानमा उक्लिएको छ ।
डर्टमण्डले १४ खेलमा २५ अंक जोडेको छ ।
वुल्फ्सबर्ग २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।