एजेन्सी । दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा राम्रो सुरुवात गरेको छ ।
जोहन्सवर्गमा आइतबार पहिलो दिनको खेल सकिदा दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा १ विकेट गुमाएर १ सय ४८ रन बनाएको छ ।
श्रीलंकालाई पहिलो दिनमै अलआउट गर्दै पहिलो इनिङ्स थालेको दक्षिण अफ्रिका ९ रनले पछाडी रहेको छ ।
दक्षिण अफ्रिकाका डीन एल्गर ९२ रनमा अविजित रहेका छन् । भान डेर डुसेन ४० रनमा अविजित छन् ।
श्रीलंकाका असिथा फर्नान्डोले १ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १ सय ५७ रन जोड्दा अलआउट भयो ।
खराब प्रदर्शन गरेको श्रीलंकाका लागि कुशल परेराले ६० रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै डी सिल्भाले २९ रन जोड्दा दुशमान्था चामिराले २२ रन जोडे ।
दक्षिण अफ्रिकाका एन्रीच नोर्ट्जेले ६ विकेट लिए । विन मुल्डरले ३ विकेट लिए ।
विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गतको सिरिजमा दक्षिण अफ्रिका १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा दक्षिण अफ्रिकाले एक इनिङ्स ४५ रनको जित निकालेको थियो ।