काठमाडौं । प्रदेश नम्बर १ की संगीता राई प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको प्लेयर अफ दि टुर्नामेन्ट बनेकी छिन् ।
प्रदेश-१ लाई प्रधानमन्त्री कपको उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेकी संगीता प्लेयर अफ दि टुर्नामेन्ट बनेकी हुन् ।
प्लेयर अफ दि टुर्नामेन्ट बनेकी संगीताले २१ हजार नगद प्राप्त गरिन् ।
यस्तै बेस्ट ब्याटर एपीएफकी ज्योति पाण्डे चुनिईन् । बेस्ट बलर करुणा भण्डारी घोषित भईन् ।
उनीहरुले जनही १०/१० हजार प्राप्त गरिन् ।

