सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

आर्सनलको नजर अब युरोपतिर

आइतबार, १९ पौष २०७७खेलपाटी संवाददाता
आर्सनलको नजर अब युरोपतिर
Loading ad...
mustang rice ad

एजेन्सी । खालि ११ दिन अगाडिसम्म मात्र, वेस्ट ब्रुमका व्यवस्थापक साम एलाडायसी भनिरहेका थिए, आर्सनल उनका लागि रेलिगेसनको प्रतिद्वन्द्वी हो । तर यही आर्सनलले पछिल्ला केही दिनमा यसरी आफूलाई फेरेको छ कि यो रेलिगेसनबाट बच्न संघर्ष गर्ने टिम त रहेन नै, बरू उसको नजर अब युरोपतिर पो छ । हुन् पनि, आर्सनल रेलिगेसनबाट अहिले १२ अंक अगाडि छ । जति बेला एलाडायसीले वेस्ट ब्रुम सम्हालेको थियो, आर्सनल १५ औं स्थानमा थियो ।

त्यति बेला अन्तिम तीन स्थानबाट यो लन्डनको क्लब खालि चार अंक मात्र अगाडि थियो । उसले लिगका १० खेलमा खालि एकै जित मात्र देखेको थियो । तर अहिले आर्सनलले चेल्सी, ब्राइटन र वेस्ट ब्रुममाथि लगातार तीन जित निकालेको छ । अनि अंक तालिकाको ११ औं स्थानमा उक्लेको छ । त्यस स्थानबाट शीर्ष चार अब उसका लागि खालि छ अंकको दूरी मात्र भएको छ । यसो भनेको आर्सनलको पहुँच युरोपतिर हुनु नै त हो, जादुयी चार स्थान नजिक पुगेकै हो ।

त्यसैले आर्सनल व्यवस्थापक मिखेल आर्टेटा भनिरहेका छन्, ‘अहिले एकाएक सबै राम्रो हुन थालेको छ ।’ आर्सनलको यो यात्राले केही स्तब्ध भएका छन् भने केही आश्चर्य मानिरहेका छन् । यसबीच क्लबका पूर्व खेलाडी मार्टिन केवन पनि के कम, उनले पनि भनेका छन्, अब आर्सनलको काम भनेको युरोपतिर नजर लगाउनु नै हो । अर्का पूर्व खेलाडी इयान राइटले आर्सनलले अहिलेसम्म तय गरेको यात्राको खुबै ठीक ढंगले विश्लेषण गरेका छन् ।

उनली मान्छन्, लगातार खराव नतिजा बेहोरिरहेको बेला खेलाडीमा आत्मविश्वास भन्ने नै थिएन्, तर आर्टेटाले उक्साएपछि वेस्ट ब्रुमविरुद्ध तिनै खेलाडीको प्रदर्शन पूरा आत्मविश्वासले भरिएको थियो । राइटले भनेका छन्, ‘अब खेलाडीले आफ्नो प्रदर्शनमा विश्वास गर्न थालेका छन् । यसको धेरै श्रेय आर्टेटालाई जानु पर्छ । एकपल्ट आत्मविश्वास फर्केपछि खेलाडीको प्रदर्शन नै बेग्लै हुन्छ ।’ त्यसमाथि आर्सनलका लागि युवा खेलाडीले अझ राम्रो खेल्न थालेका छन् ।

आर्टेटा आफै पनि सबै घटनाक्रमलाई लिएर खुसी छन्, उनको अध्यारो मुखमा अहिले उज्यालो फर्केको छ । उनी भन्छन्, ‘हामीले आर्सनलबाट यस्तै प्रदर्शन चाहेको थियौं, जुन पछिल्ला तीन खेलमा प्राप्त भएको छ । यो यस्तो आर्सनल टिम हो, जससँग केही गरेर देखाउने आत्मविश्वास छ । त्यसैले सबै खेलाडी अहिले खुलेर खेलिरहेका छन् । यस्तै खेलले त नतिजा आउने हो ।’ नयाँ परिस्थितिमा तिनै आर्टेटाको आलोचना गर्ने अब उनको प्रशंसा गर्ने पनि भएका छन् ।


–बीबीसी स्पोर्टसबाट स्वतन्त्र अनुवाद गरिएको ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

सलाह प्रेरित लिभरपुलको शानदार जित

सलाह प्रेरित लिभरपुलको शानदार जित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी