एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (आइतबार) दुई ठुला क्लब चेल्सी र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
स्टामफोर्ड ब्रिजमा चेल्सी र सिटी जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।
घरेलु टिम चेल्सी सिटीलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ । चेल्सी २६ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ ।
सिटी पनि चेल्सीलाई हराएर शीर्ष पाँच भित्र उक्लन चाहन्छ । सिटी २६ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेको छ ।
तर, चेल्सीविरुद्ध सिटीका मुख्य पाँच खेलाडीले खेल्ने छैनन् । ग्राबियल जिसस र केली वाल्करसहित पाँच खेलाडी चेल्सीविरुद्ध खेल्ने छैनन् ।
कोरोना पोजेटिभ देखिएपछि उनीहरु सेल्फ आईसोलेसनमा बसेको बताईएको छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा लेष्टर सिटीले न्युकासल युनाईटेडसँग खेल्नेछ ।
न्युकासलको मैदानमा लेष्टर सहज जितको खोजीमा हुनेछ । लेष्टर जित निकाल्दै शीर्ष दुईमा समेत उक्लने योजनामा हुनेछ ।