एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलले जित निकालेको छ ।
शनिबार भएको खेलमा भिल्लाले लेभान्टेलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा भिल्लालाई जित दिलाउन फेर निनो र जेरार्ड मोरेनोले एक एक गोल गरे ।
लेभान्टेका सर्जियो लियोनले एक गोल फर्काए ।
खेलको १९ औं मिनेटमा निनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

खेलको ५४ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लालाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा लेभान्टेका सर्जियोले एक गोल फर्काए पनि भिल्लाले २-१ को जित निकाल्यो ।
जितसँगै भिल्ला लिगको चौंथो स्थानमा उक्लिएको छ ।
भिल्लाले १७ खेलमा २९ अंक जोडेको छ ।
लेभान्टे १८ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
