फुलहम र बर्नलीबीचको खेल स्थगित
शनिबार, १८ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत फुलहम र बर्नलीबीचको खेल स्थगित भएको छ ।
फुलहमका खेलाडी र स्टाफलाई कोरोना भाईरसको संक्रमण देखिएपछि खेल स्थगित भएको हो ।
कोरोना संक्रमित खेलाडी र स्टाफ क्वारेन्टिनमा रहेको बताईएको छ ।
फुलहम र बर्नलीबीचको खेल आइतबार हुने तालिका रहेको थियो ।
यस अघि फुलहम र टोटेनहमबीचको खेल समेत स्थगित भएको थियो ।
प्रिमियर लिगले फुलहमको स्थगित खेलको मिति चाडै तोक्ने जनाएको छ ।









-1771251202949.avif&w=3840&q=75)



%20(1)-1771145193825.jpeg&w=3840&q=75)
