आजमले दोस्रो टेस्ट गुमाउने
शनिबार, पुष १८, २०७७खेलपाटी संवाददाता
एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट गुमाउने भएका छन् ।
अभ्यासको क्रममा चोट बोकेका आजमले अन्तिम टेस्ट समेत गुमाउने भएका हुन् ।
न्युजिल्याण्ड भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको दोस्रो तथा अन्तिम टेस्ट आइतबार सुरु हुनेछ ।
आईसीसी टेस्ट च्याम्पियनसिप अन्तर्गतको दुई खेलको सिरिजमा न्युजिल्याण्ड १-० ले अघि रहेको छ ।
पहिलो टेस्टमा न्युजिल्याण्डले पाकिस्तानलाई १ सय १ रनले हराएको थियो ।
आजमले पहिलो टेस्ट समेत गुमाएका थिए ।
त्यसअघि उनी टी-ट्वान्टी सिरिजमा समेत टिम बाहिर रहेका थिए ।
पाकिस्तानले घरेलु मैदानमा दक्षिण अफ्रिकाविरुद्धको सिरिजमा भने उनी टिममा फर्कने आशा राखेको छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

