• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
२०२० को क्रिकेटलाई फर्केर हेर्दा
खेलपाटी संवाददाता
शनिबार, पुस १८, २०७७ खेलपाटी संवाददाता
२०२० को क्रिकेटलाई फर्केर हेर्दा
फाइल तस्बिर

काठमाडौं । सन् २०२० विश्वले भुल्न चाहेको वर्ष साबित भयो । कोरोन माहामारीबाट अझै उम्कन नसेकेको विश्व जगत अझै कतिसमय यसको मारमा बस्नु पर्ने टुंगो छैन ।

कोरोना माहामारीको कारण विश्व खेलकुद क्षेत्र समेत अस्तव्यस्त बन्यो । अधिकांश खेल तालिका तथा प्रतियोगिता स्थगित भए । त्यसको मार नेपाल र घरेलु क्रिकेटले खेप्नु पर्यो ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)बाट शसर्त फुकुवा भएको नेपाल क्रिकेट संघ (क्यान) ले बिस्तारै क्रिकेटलाई अघि बढाउने आशा गरिएको थियो । घरेलु संरचना, ग्रासरुट क्रिकेट, पारदर्शीताका प्रश्न, खेलाडीको भविष्यका सुनिश्चितता, अत्यधिक अन्तराष्ट्रिय प्रतियोगिता, आदि जस्ता काम नव–निर्वाचित क्यानले नेपाली क्रिकेटमा गर्ने आश थियो ।

तर सम्पूर्ण नेपाली क्रिकेट समर्थकको त्यो आशा यत्तिकै सिमित रह्यो । त्यसमा मुख्य कारण र खलनायकको भुमिका कोरोन महामारीले खेलिदियो ।

Image may contain: 36 people, crowd

सन् २०२० वर्षको सुरुवात निकै आशालाग्दो थियो । नव–निर्वाचित क्यानले क्रिकेट गतिबिधि अघि बढाउने प्रयास गर्दै थियो । सुरुवाती महिनामा एतिहासिक एकदिवसीय सिरिजको तयारी सुरु हुँदै थियो । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो सिरिज तथा नेपालको पहिलो घरेलु एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्दै सुखद सुरुवात गर्यो ।

फेब्रुअरीमा ओमान र अमेरिकालाई आतिथ्यता गर्दै नेपालले क्रिकेट सुरुवात गर्यो । दुई खेलमा जित र दुई खेलमा हार ब्यहोरेको नेपालले विश्वकप छनोट प्रतियोगितामा टिकट काट्ने सपना त्यही सिरिजबाट बुन्न थाल्यो ।

लिग–२ को शीर्ष चार भित्र परे नेपाल सोझै विश्वकप छनोटमा सहभागिता जनाउन पाउने थियो ।

Image may contain: 2 people, text that says '給信 NEPAL खेलपाटी khelpati.com खेलपाटी पाटीkhelpati.com khelpati.com දලා खेलपाटी khelpati.com खेलपाटी khelpati.com खेलपाटी khelpati.com'

सिरिजको अमेरकाविरुद्धको खेलमा युवा खेलाडी कुशल मल्लले डेब्यु खेलम अर्धशतक पुरा गर्दै विश्व कीर्तिमान बनाउन सफल रहे ।

अमेरिकाविरुद्ध धर्मराएको नेपाली ब्याटिङ उकास्ने क्रममा डेब्यु खेलाडी कुशलले १५ वर्ष ३ सय ४० दिनमा अर्धशतक बनाएपछि विश्व क्रिकेटका लिजेण्ड सचिन तेन्दुलकरको कीर्तिमान भंग गरेका रोहित पौडेलको समेत कीर्तिमान आफ्नो नाममा लेखाउन सफल रहे ।

औशत प्रदर्शन गरेको नेपालको लागि प्रतियोगिता खल्लो त तब भयो, जब प्रतियोगिता लगत्तै मुख्य प्रशिक्षकको राजिनामा आयो ।

मुख्य प्रशिक्षक उमेश पटवालले प्रतियोगिता सुरु हुनु दुई हप्ताअघि नै राजिनामा बुझाएका थिए, जुन प्रतियोगिता सकिएपछि लागु भयो ।
फेब्रुअरीदेखि मुख्य प्रशिक्षक बिहिन रहेको नेपाल क्रिकेटले झण्डै ८ महिनासम्म सो पद रिक्त रह्यो ।

मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन प्रतियोगितामा नेपालले सन् २०२० जस्तै विर्सन लायक प्रदर्शन गर्यो ।

आफ्नो इतिहासकै खराब प्रदर्शन गरेको नेपाल आफु भन्दा निकै तल्लो स्तरको राष्ट्र मलेसियासंग पराजित हुँंदा ४ खेलमा मात्र १ जित निकाल्दै घर फर्कियो ।
एसिया कपकको प्रारम्भिक छनोट समेत रहेको प्रतियोगितामा निराश बनेपछि नेपाल एसिया कप छनोटमा समेत पुग्न असफल भएको थियो ।
कोरोना माहामारीको सुरुवाती समयमा थाइल्याण्ड भ्रमण सकेर फर्किएको नेपालले अहिले सम्मको अन्तरष्ट्रिय अन्तिम खेल त्यहीं खेलेको थियो ।

सन् २०२० को अन्तराष्ट्रिय खेलहरु थुप्रै हुने आशा गरिएको थियो । तर वर्षको तेस्रो महिनामा सबै अन्त्य भयो । वर्षको क्यालेन्डर सकिंदा नेपालले मात्र ८ अन्तराष्ट्रिय खेल खेल्यो । जसमा नेपालले ३ खेलमा जित निकाल्न सफल रहँदा ५ खेलमा पराजित भयो ।

नेपालले आउने मार्चमा विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो सिरिज खेल्ने तालिका छ । त्यसअघि नेपालले अन्तराष्ट्रिय खेल खेल्ने सम्भावना निकै न्यून रहेको छ । यद्दपी त्यो सिरिज अघि मैत्रीपूर्ण खेल खेलाउने तयारीमा रहेको क्यानले बताउने गरेको छ । तर तयारी हेर्दा त्यो देखिदैन ।

सन् २०२० मा तालिकाबद्ध रहेको अन्य लिग सिरिजहरु कोरोना माहामारीको कारण आईसीसीले स्थगित गर्न बाध्य भएको थियो । विस्तारै क्रिकेट गतिबिधि फर्कन थालेपछि आईसीसीले समेत लिग–२ को सिरिजको तालिका सार्वजनिक गरेको हो ।

क्यानले पहिलो पटक महिला खेलाडीलाई केन्द्रिय सम्झौतामा ल्याउनु सन् २०२० को मुख्य उपलब्धि रह्यो । मनपरी गरिएको वर्गीकरण भएता पनि क्यानको कदमको चौतर्फी प्रशंसानै भयो ।

यस्तै सिनियर राष्ट्रिय क्रिकेट टिम (पुरुष) खेलाडीले खेल्ने हरेक एकदिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा प्रती खेल ५ हजार रुपैयाँ म्याच फिस दिने निर्णय गर्यो ।

घरेलु प्रतियोगिता :

सन् २०२० मा नेपालको घरेलु प्रतियोगिता लगभग शुन्य प्राय रहे । वर्ष सुरुवातमा मनमोहन मेमोरियल कप क्रिकेट प्रतियोगिता बाहेक अन्य घरेलु प्रतियोगिता संचलान भएन, कारण कोरोन नै रह्यो ।

माहामारीको पछिको पहिलो घरेलु क्रिकेट प्रतियोगिता गौतमबुद्ध कप क्रिकेट रह्यो । खेलाडीहरू बिस्तारै मैदान फर्किन थालेपछि बागमती प्रदेश क्रिकेट संघको आयोजनामा निर्माणाधीन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा ब्रेक थ्रुको रुपमा प्रतियोगिता आयोजना भयो ।

Image may contain: 4 people, people smiling, people standing and outdoor

तीन फ्रेन्चाइज लिग मध्य एभरेष्ट प्रिमियर लिग (ईपीएल्ल) ले नेपाल क्रिकेटको घरेलु संरचनामा ठुलो फड्को मार्दै थियो । खेल तालिका सार्वजनिक समेत गरिएको प्रतियोगिता अन्तिम समयमा कोरोनाको कारण स्थगित गर्नु पर्यो । ईपीएलबाट घरेलु प्रतियोगिता स्थगित हुने क्रम सुरु भयो । चौंथो संस्करणको ईपीएलमा विश्वका हस्तीले नेपालमा आएर खल्ने तालिका थियो । तर कोरोनाको कारण क्रिस गेल, ड्वेन स्मिथ, मोहमद सहजाद, लायम प्लङकेट, कोरी एन्डर्सन जस्ता हस्तीले नेपाली भूमीमा क्रिकेट खेलेको हेर्ने सपनामा कुहिरो लग्यो । कोरोनाको कारण अहिले सम्म ईपीएल अब कहिले हुन्छ भन्ने तय हुन सकेको छैन ।

यस्तै अन्य फ्रेन्चाइज लिग पोखरा प्रिमियर लिग, धनागढी प्रिमियर लिग लगायत राष्ट्रिय प्रतियोगिता प्रधानमन्त्री कप क्रिकेट तथा अन्य प्रतियोगिता स्थगित हुन पुग्यो । यद्दपी महिला प्रधानमन्त्री कप क्रिकेट वर्षको अन्तिममा आयोजना हुँदै छ । तर क्यानले बनाएको क्यालेन्डरको स्कुल स्तरीय प्रतियोगितादेखि पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अझै अन्यौलमै छन् ।

रोकिएन सन्दीपको गति

सन्दीप लामिछाने नेपालबाट सन् २०२० मा अन्य खेलाडीको तुलनामा ब्यस्त रहे । नेपाली खेलाडी कोरोनाको कारण घरमा थन्किनु परेको अवस्थामा सन्दीप भने कोरोन माहामारीमा विश्व क्रिकेट फर्किए लगत्तै ब्यस्त रहे । वेष्ट इन्डिजको क्यरिबियन प्रिमियर लिगदेखि भारतीय इण्डियन प्रिमियर लिग खेल्न मौका पाए ।
आईसीसी, सरकार र विश्व स्वस्थ संगठनले जारी गरेको प्रोटोकल पुरा गर्दै सन्दीप विदेशी लिगमा खेल्न गए । केही समय विश्राम लिएपछि पुनः बिग बासको लागि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

Image

खेलाडीको बजारीकरण

सन् २०२० मा नेपाल क्रिकेटले हरेक दिन असह्य पिडा भाग्नु पर्यो । तर एक रात यस्तो थियो, जहाँ नेपल क्रिकेट समर्थक र खेलाडी खुसीले सुत्न सकेनन् ।
आबुधाबी टी–टेन प्रतियोगिताको ड्राफ्ट, जहाँ नेपालका ३ खेलाडी एकसाथ विदेशी टिममा अनुबन्धित भए । त्यो रात नेपाल क्रिकेले हात पारेको ठुलो सफलता थियो ।

सन्दीपले विश्वभरको फ्रेन्चाइज क्रिकेट खेल्दै गर्दै सोमपाल कामी र पुर्व कप्तान पारस खड्काले बाहेक अन्य खेलाडीले विदेशी फ्रेन्चाइजको स्वाद लिन पाएका थिएनन् ।
टी–टेनमा एकसाथ ३ खेलाडी अनुबन्धन हुनु सानो कुरा थिएन । यसअघि क्यानडा प्रिमियर लिगका लागि सोमपाल र सन्दीपले एकसाथ प्रस्थान गरेका थिए । सन् २०२० मा करण केसी र कुशल मल्ल समेत विदेशी फ्रेन्चाइजको टिमको हिस्सा बन्ने पक्का भयो ।

क्यान फुकुवाको बाधक कोरोना

सशर्त फुकुवा भएको क्यान सन् २०२० मा पूर्ण रूपमा फुकुवा हुने विश्वास थियो । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले समेत आईसीसीको दक्षिण अफ्रिकामा तय भएको बोर्ड बैठकले क्यान फुकुवा भएको घोषणा गर्ने तयारी रहेको बताएका थिए । तर कोरोना कारण बैठक स्थगित भएकाले क्यान आंशिक फुकुवामा रहनु परेको संघका पदाधिकारी बताउँछन् ।

एनपीएल : पहिलो गाँसमै ढुंगा

नेपाल क्रिकेट समर्थकको सपना तथा खेलाडीको भविष्यसंग जोडिएको अधिकारिक लिग नेपाल प्रिमियर लिग (एनपीएल) आयोजनाको ड्राफ्टनै विवादीत बन्यो । क्यानको बोर्ड बैठकले समेत निर्णय लिन नसकेपछि ड्राफ्ट सार्वजनिक भएकै दिन उग्ररुप लियो । १० वर्षको लागि एनपीएलको अधिकार भारतीय कम्पनिलाई बेच्ने भनिएको ड्राफ्टको चौतर्फी बिरोध भयो । सो ड्राफ्टले क्यानमाथि ठुलो शंका र प्रश्न खडा गरिदिएको छ । एनपीएल फण्डा सन् २०२० को नेपाल क्रिकेटको एक अर्को विवादीत विषय बन्यो ।

प्रशिक्षक वाटमोर

सन् २०२० मा क्यानको प्रशंसा गर्ने अन्तिम आधार प्रशिक्षक छनोट रह्यो । श्रीलंकन मूलका अष्ट्रेलियन डेव वाटमोरलाई क्यानले खुल्ला प्रतिस्पर्धाबाट मुख्य प्रशिक्षकमा नियुक्त गर्यो । अनुभवी तथा विश्वविजेता वाटमोरसंग टेष्ट राष्ट्रको प्रशिक्षण सम्हालेको अनुभब छ भने श्रीलंकालाई आफ्नो प्रशिक्षण विश्वकप समेत जिताएका थिए । वाटमोर नेपालले पाएको अहिलेसम्मका हाइप्रोफाइलका प्रशिक्षक हुन् ।

Dav Whatmore to leave Pakistan coach role next year - Mirror Online

यस्तै क्यानले मुख्य प्रशिक्षकसँगै खुल्ला प्रतिस्पर्धाबाट क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजर र जेनेरल म्यानेजर समेत नियुक्त गरेको छ । यसलाई क्यानको संस्थागत सुधारसंगै पूर्ण रुपमा निलम्बन फुकुवाका आधारमा रुपमा पनि हेरिएको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
नेपाल सुपर थ्रीमा
नेपाल सुपर थ्रीमा
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
आराममा छ लिभरपुल !
आराममा छ लिभरपुल !
‘यमल युग’ सुरु हुँदै
‘यमल युग’ सुरु हुँदै
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
साफको उपाधिका लागि भारत र बंगलादेश भिड्ने
नेपाल हेरिटेज रन हुने
नेपाल हेरिटेज रन हुने
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP