एजेन्सी । पोर्चुगल तथा युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डोले अझ धेरै वर्ष खेल्ने आशा ब्यक्त गरेका छन् ।
विश्व फुटबलको सर्वाधिक सफल फुुटबलर रोनाल्डोले अझ धेरै वर्ष खेल्दै विश्वकप जित्ने सपना रहेको बताए ।
पाँच पटकका बालेन डी ओर विजेता रोनाल्डो यस सिजनको सिरि एका सर्वाधिक गोलकर्ता हुन् । साविक विजेता युभेन्ट्स तालिकाको छैटौं स्थानमा छ । शीर्ष स्थानको मिलान क्लबभन्दा १० अंकले पछि परेको छ ।
३५ वर्षका रोनाल्डो अन्तराष्ट्रिय फुटबलमा ईरानका अली डेईको १ सय ९ गोलको विश्व कीर्तिमानबाट मात्र ७ गोल पछि छन् ।
‘उमेरले फरक पार्दैन । दिमाग महत्वपुर्ण कुरा हो ।’ रोनाल्डोले भनेका छन् ।
‘यसले केही फरक पर्दैन रोनाल्डो राम्रो छ । तिमी भोलीको बारे जान्दैनौं, के हुन गईरहेको छ । म वर्तमानमा रहन्छु ।’ रोनाल्डो भन्छन् ।
‘यो क्षण निकै राम्रो छ । मैले खुसी महशुश गरेको छु । तिखो महशुश गरेको छु । म धेरै धेरै वर्ष खेल्न चाहन्छु । तर त्यो तिमीलाई थाहा छैन ।’ उनले थपे ।
‘यो फुटबल हो । भोली के हुन्छ, कसैलाई केही थाहा छैन । जब म युवा खेलाडीसंग बोल्छु, म सधै भन्छु, वर्तमान क्षणमा बाँच । किनकी हामीलाई कहिल्यै थाहा हुदैन, के हुन गईरहेको छ भन्ने । मेरो आँखाले भविष्य निकै उज्वल देखेको छ । म यसमा खुसी छु ।’ उनले भने ।
स्पोर्टिङ लिस्बोनबाट आएका रोनाल्डोको करियर अद्धितृय देखिन्छ । उनले म्यान्चेष्टर युनाईटेड आउनु अघि सन् २००२ देखि २००३ सम्म ३१ खेलमा सहभागीता जनाएका थिए । उनी १८ वर्षको उमेरमा युनाईटेड आएका थिए ।
युनाईटेडमा उनले ६ वर्ष बिताए । २ सय ९२ खेलमा मैदान उत्रिए । उनले सन् २००९ मा रियल मड्रिडमा आबद्ध भए । विश्व कीर्तिमानी मुल्य सहित स्पेन आएका उनले सन् २०१८ सम्म स्पेनिस क्लबका लागि खेले । त्यसपछि रोनाल्डोले नयाँ गन्तब्यको रुपमा टुरिन क्लब रोजे ।
सन् २०१६ को युरो कप पोर्चुगललाई जिताएका रोनाल्डोले भने, ‘सम्भव भएसम्म पोर्चुगललाई कतारमा हुने विश्वकप जिताउने सपना छ ।’
रोनाल्डो सन् २०२२ मा ३७ वर्षको उमेरका हुनेछन् ।
‘मलाई दर्शक विहिन रंगशालामा खेल्न मन पर्दैन । यो त तपाई सर्कसमा जानुहुन्छ र हल्ला नभए जस्तै हो ।’ रोनाल्डोले भने ।
‘महामारीले मानिसलाई दिक्क बनाएको छ । आशा गर्छु चाँडै रंगशालाको गेट खुल्नेछ । हामी त्यसमै रहन पर्छ । हामीलाई एक सामान्य जिवन जिउने कोशिश गर्नुपर्छ । तर निश्चित रुपमा हामीले नियमको सम्मान गर्नुपर्छ । तर प्रशंसक बिना खेल्न मलाई मन पर्दैन ।’ उनले थपे ।