एजेन्सी । लिग लिडर लिभरपुलले प्रिमियर लिग फुटबलमा गोल रहित बराबरी खेल्दै अंक बाँडेको छ ।
बुधबार राति न्युक्यासलको घरेलु मैदानमा लिभरपुलले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
लिभरपुललाई तालिकामा ५ अंकको अग्रता लिने अवसर थियो ।
बराबरीको नतिजासंगै लिभरपुलले दोस्रो स्थानको म्यान्चेष्टर युनाईटेडसंग तीन अंकको अग्रता कायमै राखेको छ ।

न्युक्यासल १९ अंक जोड्दै तालिकाको १४ औं स्थानमा छ ।
लिभरपुलले शीर्ष स्थानमा रहदै यस वर्षको लिगको अन्त्य गरेको छ ।
मोहमद सलाहाले गोलका दुई अवसरलाई खेर फालेका थिए । साडियो मानेको प्रहारलाई न्युक्यालका फाबियन स्कहारले गोल लाईनबाट बचाएका थिए ।
बुधबार रातिनै भएको टोटेनहम र फुलहमबीचको खेल भने स्थगित बनेको थियो ।