चितवन । दोश्रो संस्करणको माडी गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टिमको टुङ्गो लागेको छ ।
माघको पहिलो साता चितवनमा सुरु हुने प्रतियोगितामा ८ टिमले खेल्ने भएका हुन् ।
प्रतियोगितामा काठमाडौं ११, बिरगंज युथ एकेडमी, लेखनाथ युनाईटेड पोखरा, अल स्टार तनहुँ, मुन्डियल हेटौंडा ,भरतपुर, एभरेष्ट क्लब चितवन र माडी ११ माडी नगरपालिका सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता माघ ३ देखि १० गतेसम्म चितवनमा हुँदैछ ।
माडी नगरपालिकाको प्रबर्द्धन र चितवन जिल्ला फुटबल संघको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको विजेताले उपाधि सहित २ लाख र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्डलाई जनही ५ हजार प्रदान गरिने भएको छ । सर्वाधिक गोलकर्तालाई ७ हजार ५ सय प्रदान गरिने बताईएको छ ।
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक र उदयीमान खेलाडीलाई जनही ३५ सय रुपैयाँ प्रदान गरिनेछ । प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछ ।