उपाधि जित्न कठिन – कोम्यान

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले लिग जित्ने सम्भावना निकै कठिन रहेको बताएका छन् ।
मंगलबार राति ईबरसंग बराबरीमा रोकिदै अंक बाँड्न परेपछि कोम्यानको सो भनाई बाहिर आएको हो ।
उनले बार्सिलोनाको ला लिगाको उपाधि यात्रालाई निकै कठिन भनेका छन् ।
क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले ईबरसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।
बार्सिलोना तालिकाको छैटौ स्थानमा रहेको छ । शीर्ष स्थानको एट्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ७ अंकले पछि छ ।
किकी गार्सियाले दिएको अग्रतालाई बार्सिलोनाका उसमान डेम्बेलेले बराबरी गरेका थिए । पहिलो हाफमा बार्सिलोनाका मार्टिन व्रेथवेटले पेनाल्टीको अवसर गुमाएका थिए ।
कोम्यान नेतृत्वको बार्सिलोनाले यस सिजन ला लिगाका १५ खेल मध्य मात्र ७ खेलमा जित निकालेको छ । सन् २००३ पछि बार्सिलोनाले सबैभन्दा खराब सुरुवात गरेको छ ।
‘म वास्तविक छु । च्याम्पियन हुन निकै कठिन छ ।’ डच प्रशिक्षकले मंगलबारको खेलपछि भने ।
‘केही कुरा असंम्भव छैन । तर तपाईले दुरीलाई स्विकार गर्न तयार हुनुपर्छ । एट्लेटिको निकै राम्रो देखिएको छ । उस्तै बलियो देखिएको छ ।’ उनले थपे ।
मंगलबार स्टार लियोनल मेस्सीबिनै बार्सिलोना मैदान उत्रिएको थियो । मेस्सीले मैदान बाहिरबाट खेल हेरेका थिए ।
‘तपाई मेस्सी बिना बार्सिलोनाले राम्रो खेल्छ भन्न सक्नुहुन्न ।’ उनी फरक खेलाडी हुन् । कोम्यानले भने ।
‘सामान्य रुपमा हामीले राम्रो खेल्यौ । तर ब्यक्तिगत गल्तीले अंक गुमाउन पुग्यौं । हामी जितका लायक थियौ । हामीले आफुलाई चाहिने जति गयौं । ईबरले एक प्रहार गोलमा परिणत गर्यो ।’ उनले भने, ‘हामीले अवसर सिर्जना गयौं । हामीले पेनाल्टीमा गोल गर्न सकेनौ । डिफेन्समा गल्ती देखियो । हामीले राम्रो खेल्यौं । हामीले मेहनत गयौं । यो जितको लायक पनि थियो । तर यो हामीसंग धेरै पटक भएको छ ।’