अष्ट्रेलियालाई दाेहाेराे जरिवाना

एजेन्सी । भारतविरुद्धको दोस्रो टेष्ट क्रिकेटमा पराजित अष्ट्रेलियालाई दोहोरो झट्का लागेको छ ।
विस्तारै बलिङ्ग गरेको भन्दै अष्ट्रेलियाको म्याच फिसमा ४० प्रतिशत जरिवाना गरिएको छ । साथै अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को विश्व टेष्ट च्याम्पियनसिपमा ४ अंक काटिने भएको छ ।
आईसीसीका म्याच रेफ्री डेभिड बुनका अनुसार अष्ट्रेलिया टिमले निर्धारित समयमा दुई ओभर कम फालेको हो । सोही कारण टिम पेनको टिमलाई सजाय सुनाईएको हो ।
भारतले दोस्रो टेष्ट ८ विकेटले जितेको थियो ।
आईसीसीले भनेको छ, ‘खेलाडी र खेलाडीका सहयोगी स्टाफसंग जोडिएको आईसीसीको आचार संहितको नियम २ दशमलव २२ का अनुसार जो न्युनतम ओभरको अपराधसंग जोडिएको छ । खेलाडीले आफ्नो टिमको निर्धारित समयमा प्रत्येक ओभर कम फालेपछि उसको म्याच फिसमा २० प्रतिशत जरिवाना लगाउन सकिनेछ ।’
आईसीसीले थपेकाे छ, ‘योसंगै आईसीसी विश्व टेष्ट च्याम्पियनसिपको खेल्नेको अवस्थाको नियम अनुसार टिमाथि प्रत्येक कम ओभर फालेपछि २ अंक जरिवाना लगाउन सकिनेछ । जसमा अष्ट्रेलियाको कुल अंकमा ४ विश्व टेष्ट च्याम्पियनसिप अंक काटिएको छ ।’
अष्ट्रेलिया जितको प्रतिशतको अंकका आधारमा अहिलेसमेत शीर्ष स्थानमा छ । त्यसपछि भारत र न्युजिल्याण्डको अंक आउने गर्छ ।
भारत र अष्ट्रेलियाको चार टेष्ट सिरिज १–१ को अवस्थामा छ ।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
-1762302250964.webp&w=3840&q=75)

