आर्सनलले ब्राइटनलाई हरायाे

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनलले अर्को महत्वपूर्ण जित हात पारेको छ ।
मंगलबार राति लण्डन क्लबले ब्राइटोनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा अलेक्जेन्ड्रे लाकाजेट्टीले गोल गरे ।
जितले आर्सनलका प्रशिक्षक मिकेल अर्टेटालाई राहत दियो । उनले आर्सनल अब फरक दुनियाँमा रहेको प्रतिक्रिया दिए । सेप्टेम्बरपछि आर्सनलले लगातार खेलमा जित निकालेको पहिलो पटक हो ।
डिसेम्बरमा एभर्टनसंग पराजित बनेपछि आर्सनल रेलिगेशन जोन भन्दामात्र ४ अंक माथि थियो । उनले सन् १९७४–७५ पछि सिजनको खराब सुरुवात गरेको थियो ।
गत हप्ता चेल्सीमाथि ३–१ को जितपछि आर्सनल फरक देखिएको छ ।
‘यो अवस्थामा हामीलाई जितको आवश्यकता कति छ भन्ने थाहा छ ।’ अर्टेटाले भने ।
‘हामीसंग वास्तवमा कठिन हप्ता थियो । यो प्रर्दशनको बारेमा थिएन, नतिजाको बारेका थियो ।’ उनले भने ।
‘तपाईलाई आत्मविश्वास सुरु गर्नका लागि परिणामको आवश्यक छ । दुई जितपछि मलाई लाग्छ सबैको राम्रो मुड बनेको छ ।’ उनले थपे ।
आर्सनल २० अंक सहित तालिकाको १३ औं स्थानमा उक्लिएको छ । ब्राइटन १३ अंक सहित रेलिगेशन जोन भन्दा मात्र एक स्थान माथि छ ।
अन्य खेलमा तालिकाको पुछारमा रहेको सेफिल्डविरुद्ध वर्नलीले १–० को जित निकाल्यो । साउथह्याम्टन र वेस्ट ह्यामले गोल रहित बराबरी खेल्दा लिड्सले वेस्ट ब्रोमाथि ५–० को एकतर्फी जित निकाल्यो ।