रासफोर्ड चम्कदा म्यान युनाईटेडको जित
२०२० डिसेम्बर ३०, बुधबारखेलपाटी संवाददाता

एजेन्सी । मार्कुस रासफोर्ड चम्किएको खेलमा म्यान्चेष्टर युनाईटेडले प्रिमियर लिग फुटबलमा उल्भ्सलाई हराएको छ ।
मंगलबार राति ओल्डट्राफोर्डमा युनाईटेडले उल्भ्सलाई १–० गोल अन्तरले हराएको हो ।
युनाईटेडको जितमा रासफोर्डको खेलको ईन्जुरी समयमा विजयी गोल गरे ।
बराबरीतर्फ उन्मुख खेलमा ब्रुनो फर्नान्डेजले उपलब्ध गराएको पासमा रासफोर्डले गोल गरेका हुन् ।
जितसंगै युनाईटड ३० अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युनाईटेडले शीर्ष स्थानको लिभरपुलसंगको दुरी २ अंकमा झारेको छ ।
उल्भ्स २१ अंक सहित तालिकाको १२ औं स्थानमा छ ।