रोकियो चेल्सी
सोमबार, १३ पौष २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लासंग बराबरी खेलेको छ ।
आईतबार राति घरेलु मैदानमा चेल्सीले एस्टन भिल्लासंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
प्रशिक्षक फ्राङ्क लाम्पार्ड नेतृत्वको चेल्सीले ओलिभर जिराउडको गोलमा अग्रता लिएको थियो । डिफेन्डर बेन चिलवेलको क्रसमा हेडमार्फत जिराउडले चेल्सीलाई अग्रता दिलाएका थिए ।
तर दाेस्रो हाफमा पाहुना टोलीका एल गाजीलले बराबरी गोल फर्काएका थिए ।
प्रशिक्षक लाम्पार्डले टिममा परिवर्तन गर्दै फरवार्ड लाईनमा जिराउडलाई राखेका थिए । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टिमो वार्नर र काई हभार्ट्जले समेत नतिजामा फरक पार्न सकेनन् ।
दुवै टोलीले समान एक अंक बटुले ।
समान २६ अंक जोडेका एस्टन गोल अन्तरका आधारमा पाँचौ र चेल्सी छैटौं स्थानमा छ ।








-1764163211372.jpg&w=3840&q=75)

%20(1)-1764163746521.jpeg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)
