बर्नलीलाई लिड्सले हरायो
२०२० डिसेम्बर २७, आइतबारखेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग फुटबलमा बर्नलीलाई लिड्स युनाईटेडले हराएको छ ।
आईतबार राति भएको घरेलु मैदानमा लिड्सले बर्नलीलाई १–० ले हराएको हो ।
खेलको सुरुवातमै प्राप्त पेनाल्टीमा गोल गर्दै लिड्सले महत्वपूर्ण तीन अंक बटुल्यो ।
प्याट्रिक बामफोर्डले खेल सुरु भएको पाँचौ मिनेटमा घरेलु टोलीका लागि विजयी गोल गरेका थिए ।
बर्नलीका गोलकिपर नाइक पोपीका कारण लिड्सले पेनाल्टीको अवसर पाएको थियो । जसमा बामफोर्ड चुकेनन् । उनले यस सिजन १० गोल पुरा गरे ।
यस सिजन लिड्सले घरेलु मैदानमा तीन खेलमा जित निकालेको छ ।
जित सहित लिड्स २० अंक सहित तालिकाको ११ औं स्थानमा उक्लिएको छ । बर्नली १३ अंक सहित रेलिगेशन जोन भन्दा मात्र दुई स्थान माथि छ ।