काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरिने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले डिश मिडिया नेकवर्कसंग प्रत्यक्ष प्रशारण सम्बन्धि सम्झौतामा हस्ताक्षर गरेको छ ।
क्यान अध्यक्ष चतुरबहादुर चन्द र डिश मिडियाका प्रबन्ध निर्देशक सुदिप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
क्यानले सम्झौताको अन्य विषय खुलाएको छैन ।
कोरोना महामारीका कारण स्थगित बनेको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट दाङ्गको लमहीमा पुस ११ देखि १९ गतेसम्म सञ्चालन हुदैछ ।
प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेश र प्रदेश नम्बर दुई भिड्नेछन् ।
प्रतियाेगिताकाे खेल तालिका :
