एजेन्सी । वेस्ट ब्रुमले प्रशिक्षक स्लावेन बिलिकलाई बर्खास्त गरेको छ । कमाण्ड सम्हालेको १८ महिनामै क्लबले उनलाई बर्खास्त गरेको छ ।
प्रिमियर लिगको तालिकामा वेस्ट ब्रुम १९ औं स्थानमा छ । वेस्ट ब्रुमले १३ लिग खेलबाट ७ अंक जोडेको छ । क्लबले यस सिजन ८ खेलमा हार ब्यहोरेको छ ।
मंगलबार मात्र वेस्ट ब्रुमले ईतिहाद मैदानमा म्यान्चेष्टर सिटीसंग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल बनेको थियो ।
उनीसंगै सहायक प्रशिक्षक डीन रचुनिका र डानिलो बटरोविच समेत निस्किएका छन् ।
क्लबले कोचिङ स्टाफलाई पछिल्लो सिजन पदोन्नती गर्ने प्रयासका लागि धन्यवाद दिएको छ ।

५२ वर्षका बिलिकले वेस्ट ब्रुमसंग सन् २०१९ मा दुई वर्षको सम्झौता गरेका थिए । उनले डारेन मोरलाई प्रतिस्थापन गर्दै द हाथोर्नबाट जुन २०१९ मा प्रिमियर लिग आएका थिए ।
उनले गत सिजन क्लबलाई शीर्ष डिभिजनमा बढुवा गरेका थिए । अन्तिम दिन जित निकाल्दै वेस्ट ब्रुम प्रिमियर लिगमा बढुवा भएको थियो । क्लबले च्याम्पियनसिपमा दोस्रो स्थानमा रहेर सिजनको अन्त्य गरेको थियो ।
तर वेस्ट ब्रुमले यस सिजन एक खेलमा मात्र जित निकालेको छ । उसले नोभेम्बर २८ मा सेफिल्ड युनाईटेडलाई १–० ले हराएको थियो ।