शुक्रबार, असोज ३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. प्रिमियर लिगमा आज : सम्पूर्ण जानकारी

प्रिमियर लिगमा आज : सम्पूर्ण जानकारी

२०२० डिसेम्बर १६, बुधबारखेलपाटी संवाददाता

प्रिमियर लिगमा आज : सम्पूर्ण जानकारी

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा आज (बुधबार) राति ६ खेल हुँदैछ ।

तालिकाको शीर्ष स्थानमा रहेका लिभरपुल र टोटेनहम बीचको खेलमा सबैको नजर छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा टोटेनहमलाई आतिथ्यता प्रदान गर्दैछ । खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।

घरेलु टोली लिभरपुलले जोएल माटिपको फिटनेस हेरेर निर्णय गर्नेछ भने मिडफिल्डर नाबी केईटाले प्रिमियर लिगको ५० औं खेलमा उत्रन सक्नेछन् ।

टोटेनहन फरवार्ड ग्यारेथ बेललाई लिएर चिन्तित छ । ज्वरोका कारण उनी नोभेम्बर ८ यता प्रिमियर लिगमा देखिन पाएका छैनन् । ईरिक लामेला भने टोटेनहमको टिमबाट बाहिर हुनेछन् । दुवै टिमको तालिकामा समान २५ अंक छ । बुधबारको खेलमा जित निकाल्दै तालिकामा स्पष्ट तीन अंकको अग्रता लिने अवसर दुवै टोलीलाई रहेको छ ।

अर्को खेलमा आर्सनलले घरेलु मैदानमा साउथह्याम्टनलाई आतिथ्यता प्रदान गर्दैछ । खराब नतिजाले दबाबमा आएका आर्सनललाई चौथो स्थानको साउथह्याम्पटनले चुनौती दिन थालेको हो ।

क्लबको मन जितेका आर्सनल प्रशिक्षक मिकेल अर्टेटालाई अनुकुल नतिजा निकाल्ने दबाब छ । पछिल्लो खेलमा बर्नलीविरुद्ध रातो कार्ड खाएका आर्सनलका मिडफिल्डर ग्रानिट जाका मैदान देखिने छैनन् । निलम्बनबाट फुकुवा हुँदै निकोलस पेपे लण्डन क्लबको टिममा पुनरागमन गर्नेछन् ।

लण्डन क्लबका मुख्य डिफेन्डर डेभिड लुईज चोटका कारण बुधबारको खेलमा देखिने सम्भावना कम छ । तर साउथह्याम्टनको टिममा चोटको कुनै समस्या छैन । आर्सनल १३ अंक सहित तालिकाको १५ औं स्थानमा छ । साउथह्याम्टन २३ अंक सहित शीर्ष चारमा आफुलाई उभ्याएको छ ।

अन्य खेलमा लिड्सले न्युक्यासललाई आतिथ्यता प्रदान गर्दा एभर्टन भने लेस्टरको भ्रमणमा निस्कनेछ । पुछारबाट तेस्रोमा रहेको फुलहमले ब्राईटोनलाई घरेलु मैदानमा बोलाउँदा क्रिस्टल प्यालेस रेलिगेशन जोनमा रहेको वेस्ट ब्रुमको भ्रमणमा निस्कनेछ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

Bhat Bhateni
श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

श्रीलंका र बंगलादेश सुपर ‘फो’ मा, अफगानिस्तान फर्कियो घर

आक्रामक सिटी

आक्रामक सिटी

बार्सिलोनामा चम्किए रासफोर्ड

बार्सिलोनामा चम्किए रासफोर्ड

फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस