सन्दीप अष्ट्रेलिया प्रस्थान

अष्ट्रेलिया प्रस्थान गर्दै सन्दीप । फाेटाे : रमन सिवाकाेटी
काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास खेल्न अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
अष्ट्रेलियन फ्रेन्चाईज लिग बिग बास खेल्न सन्दीप कतार एयरवेजमार्फत आज (मंगलबार) अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
म्यानेजर रमेश सिवाकोटीका अनुसार सन्दीप भोली एडिलेटमा पुग्ने छन् । उनी एडिलेटमा अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ ।
क्वारेन्टिनको समय पुरा गरेपछि उनी आफ्नो टिमसंग जोडिनेछन् ।
बिग बासको नयाँ सिजनमा सन्दीपले टिम परिवर्तन गरेका छन् । उनले होबार्ट हुरिकेन्समार्फत नयाँ सिजनको बिग बास खेल्नेछन् ।
सन्दीप कोरोनाका कारण पछिल्लो समय स्वास्थ्य समस्याबाट गुज्रिएका थिए । स्वास्थ्य पूर्ण रुपमा निको भएपछि उनी बिग बासका लागि तयार भएका हुन् ।
कोरोना संक्रमणले स्वास्थ्यमा समस्या बनाएपछि उनी अस्पतालमा समेत भर्ना भएका थिए ।






-1774280237611.jpeg&w=3840&q=75)




-1774353256764.jpg&w=3840&q=75)
-1774350920804.jpeg&w=3840&q=75)


