एजेन्सी । चेल्सी प्रशिक्षक फ्राङ्क लाम्पार्डले महङ्गा खेलाडी काई हभार्ट्जको विषयमा धैर्यता राख्न आवश्यक रहेको बताएका छन् ।
जर्मनीका अन्तराष्ट्रिय फरवार्ड ७१ मिलियन पाउण्डमा लण्डन क्लब चेल्सी आएका हुन् । उनलाई चेल्सीले महङ्गो रकममा लण्डन क्लब उतारेको हो ।
जर्मनीका अन्तराष्ट्रिय खेलाडी हभार्ट्जले एभर्टनविरुद्धको खेलमा ६८ औं मिनेटमा मैदान छाडेका थिए । सो खेल लण्डन क्लबले १–० ले गुमाएको थियो । चार जित प्राप्त खेलमा उनी बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका छन् ।
तर लाम्पार्ड २१ वर्षिया मिडफिल्डरलाई लिएर बचाउ गर्छन् ।

‘आधुनिक दिनमा हरेक खेलाडीको हरेक क्लबमा खेल हार्ने बित्तिकै आलोचना हुन्छ ।’ उनले भने ।
‘हामी हाभर्ट्जमा धैर्य हुनपर्छ । किनकी उनी यस लिगमा आएका उत्कृष्ट क्षमता भएका प्रतिभा हुन ।’ उनले थपे ।
‘उनी कुनैपनि स्थानमा खेल्न सक्छन् । उनी तीन जनाको अग्रपङ्तीमा समेत रहन सक्छन् । चेल्सीबाट खेल्नु अघि उनी धेरै पटक खेलेका छन् ।’ लाम्पार्डले थपे ।
‘जो मानिस आलोचना गर्न चाहेका छन् । उनीहरु प्रतिक्षा गर्न आवश्यक छ । युवा खेलाडीलाई समय दिन आवश्यक छ । हभार्ट्ज कसरी अघि बढ्छन्, मलाई राम्रोसंग थाहा छ । उनले भने ।’

हभार्ट्ज जर्मन क्लब बायर लिभरकुसनबाट यसै समरमा प्रिमियर लिग आएका हुन् । उनले १७ खेलमा मात्र तीन गोल गरेका छन् । उनले कारबाओ कपमा चेल्सीबाट एक ह्याट्रिक गरेका थिए ।
गत नोभेम्बरमा उनी कोरोनाबाट संक्रमित भए । उनले कोरोनाबाट आफु निकै प्रताडित भएको समेत बताए ।
लाम्पार्डले गुडसिन पार्कमा शनिबार पराजित बनेपछि खेलाडीमा चुनौती थपिएको बताए ।
‘प्रिमियर लिगमा तिमी खेलमा पराजित हुन गईरहेका छौ भने यसमा तिमीले आफ्नो विचार राख्न आवश्यक छ ।’ लाम्पार्ड भन्छन् ।