एजेन्सी। दक्षिण अफ्रिका फुटबलका उदयमान खेलाडी मोट्जेका मदिशाको निधन भएको छ ।
कार दुर्घटनामा परेर मोट्जेकाको २५ वर्षको उमेरमा निधन भएको हो ।
डिफेन्डर मोट्जेकाको जोहन्सवर्ग नजिकको सडकमा दुर्घटनामा परेर निधन भएको बताईएको छ ।
दुर्घटनापछि उनको कारमा आगो लागेको थियो । उनलाई तत्काल उद्दार गरिएपनि बचाउन नसकिएको स्थानीय मिडियाले जनाएको छ ।
उक्त दुर्घटनामा अर्का एक जनाको समेत निधन भएको बताईएको छ ।
उनी दक्षिण अफ्रिकाको शीर्ष लिग मामेलोदी सनडाउन्सबाट खेल्दै आएका थिए ।
दक्षिण अफ्रिकाका लागि उनले १३ खेल खेल खेलेका थिए ।
