एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजमले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी सिरिज गुमाउने भएका छन् ।
अभ्यासको क्रममा चोट बोकेपछि आजम टी-ट्वान्टी सिरिजबाट बाहिरिएका हुन् ।
आइतबार अभ्यासको क्रममा आजमको दाहिने हातको बुढी औलामा चोट लागेको बताईएको छ ।
उनको चोट ठिक हुन् कम्तिमा १२ दिन लाग्ने बताईएको छ ।
पाकिस्तानले घरेलु टिम न्युजिल्याण्डसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज डिसेम्बर १८, २० र २२ मा हुने तालिका रहेको छ ।
टी-ट्वान्टीपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिज खेल्नेछ ।