एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।
आइतबार राति भएको खेलमा पीएसजी लियोनसँग १-० गोल अन्तरले पराजित भएको हो ।
पीएसजीले घरेलु मैदानमै हार व्यहोरेको हो ।
पीएसजीविरुद्ध जित निकाल्न लियोनका टिनो काडेवेरले निर्णायक गोल गरे ।
उनले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।

यस्तै लियोनसँग पराजित भएको खेलमा नेयमारले चोट बोकेका छन् ।
लियोनका थिगायो मेन्डिसको खराब ट्याकलमा नेयमार घाइते भएका हुन् ।
घाइते भएपछि नेयमार खेलको इन्जुरी समयमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।
यस्तै रेफ्रीले मेन्डिसलाई रातो कार्ड देखाएका थिए ।
घरेलु मैदानमा पराजित भएपछि पीएसजीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
पीएसजी २८ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लियोन २९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।