एजेन्सी। इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल बर्नलीसँग १-० गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा पिएरे एम्रिक औबामियाङले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भएको हो ।
उनले खेलको ७३ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । उनको यो करियरकै पहिलो आत्मघाती गोल हो ।
यस्तै खेलमा आर्सनल १० खेलाडीमा समेटिएको थियो ।

खेलको ५८ औं मिनेटमा ग्रानीट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा सिमित भएको थियो ।
आर्सनललाई पराजित गरेसँगै बर्नली रेलिगेसन क्षेत्रबाट माथि उक्लिएको छ ।
बर्नलीले ११ खेलमा ९ अंक जोडेको छ । बर्नली १७ औं स्थानमा रहेको छ ।
आर्सनल १३ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
