एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले जेनोआमाथि सहज जित निकालेको छ ।
आईतबार राति युभेन्ट्सले जेनोआलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
रोनाल्डोको दुई गोलको सहयोगमा युभेन्ट्सले सहज जित दर्ता गर्यो ।
खेलको ५७ औं मिनेटमा पाब्लो ड्याबालाले युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

स्टेफानो स्टुराओले ६१ औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काए ।
रोनाल्डोले ७८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टुरिन क्लबलाई २–१ ले अघि बढाए ।
खेल सकिन एक मिनेट अघि पेनाल्टीमै दोस्रो गोल गर्दै रोनाल्डोले युभेन्ट्सलाई ३–१ को सहज जित दिलाए ।
जुआन कुआडराडो र अल्भारो मोराटालाई डिबक्सभित्र फल गरेपछि युभेन्ट्सले पेनाल्टीको अवसर पाएको थियो ।
युभेन्ट्सले २३ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ । जेनोआ ६ अंक सहित तालिकाको पुछारदेखि दोस्रोमा छ ।

आईतबार रातिनै शीर्ष स्थानको एसी मिलानले पार्मासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो ।
पार्माले दुई गोलको अग्रता जोगाउन नसक्दा शीर्ष स्थानको क्लबसंग बराबरी खेल्न बाध्य भएको हो । हेर्नानी र जार्डन ओसोरियोले गोल गर्दै पाहुना टोलीलाई २–० ले अघि बढाएका थिए । एसी मिलानका थियो हर्नान्डेजले लगातार दुई गोल गर्दै खेल बराबरीमा ल्याए ।
बराबरीका बाबजुत एसी मिलान २७ अंक सहित तालिकाको शीर्ष स्थानमा रह्यो । पार्मा ११ अंक सहित तालिकाको १४ औं स्थानमा छ ।
अर्को खेलमा ईन्टर मिलानले काग्लिरीलाई ३–१ गोलले पराजित गर्यो । खेलमा अग्रता भने घरेलु टोली काग्लिरीले रिकार्डो सोतिलको गोलमा लिएको थियो । तर खेलको अन्तिम समयतिर लगातार तीन गोल गर्दै ईन्टरले खेल आफ्नो पक्षमा पार्यो । ईन्टरका निकोलो बरेला, डेनिलो डी आम्ब्रोसियो र रोमेलु लुकाकुले समान एक एक गोल गर्दै पाहुना टोलीलाई जित दिलाए ।
दोस्रो स्थानको ईन्टरको २४ अंक भएको छ । काग्लिरी १२ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।
अर्को खेलमा नापोलीले साम्पोडियालाई २–१ ले हरायो । जुकुब जानकोले पाहुना टोली साम्पोडियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर नापोलीका लोजानो हिर्भिङ र एन्ड्रिया पेटागनाले गोल गर्दै घरेलु टोलीलाई पुनरामगन जित दिलाए ।
नापोली २३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । साम्पोडिया ११ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।