एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले सहज जित निकालेको छ ।
आइतबार राति भएको खेलमा ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गर्दै लेष्टरले सहज जित निकालेको हो ।
घरेलु मैदानमा लेष्टरलाई जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गरे । जेमी भार्डीको नाममा एक गोल रह्यो ।
खेलको २७ औं मिनेटमा म्याडिसनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४१ औं मिनेटमा भार्डीले गोल गर्दा लेष्टर २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ४४ औं मिनेटमा म्याडिसनले व्यक्तिगत दोस्रो गोल गर्दै लेष्टरलाई ३-० को सहज जित दिलाए ।
जितसँगै लेष्टर तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
लेष्टरले १२ खेलमा २४ अंक जोडेको छ ।
ब्राइटन १० अंक जोडेर १६ औं स्थानमा रहेको छ ।