एजेन्सी । टोटेनहमले प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेससंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
आईतबार क्रिस्टल प्यालेसको घरेलु मैदानमा सुरुवातमै लिएको अग्रतालाई जोगाउन नसक्दा शीर्ष स्थानको टोटेनहमले अंक बाँड्न बाध्य भयो ।
खेलको अन्तिम टोटेनहमका जेफरी श्लुपले घरेलु टोलीका लागि विजयी गोल गरे ।

टोटेनहमका गोलकिपर ह्युगो लोरिसको गल्तीमा जेफरीले गोल गर्दै पाहुना टोलीसंग अंक खोस्न सफल भए । उनले डिबक्सभित्र बल फुस्काएपछि जेफरीले त्यसलाई पोस्टको दिशा दिएका थिए ।
खेलमा अग्रता भने टोटेनहमले कप्तान ह्यारी केनको गोलमा लिएको थियो । लिगका पछिल्ला ७ खेलमा टोटेनहमले ६ खेलमा जित निकालेको छ ।
बराबरीसंगै शीर्ष स्थानको टोटेनहमले २५ अंक जोडेको छ । क्रिस्टल प्यालेस १७ अंक सहित तालिकाको ११ औं स्थानमा छ ।