एजेन्सी । बोरुसिया डर्टमण्डले मुख्य प्रशिक्षक लुसियन फेवरेलाई बर्खास्त गरेको छ ।
शनिबार राति घरेलु मैदानमा नवप्रवेशी क्लब स्टटगार्टसंग ५–१ को लज्जास्पद पराजय भोगेपछि क्लबले मुख्य प्रशिक्षकलाई बर्खास्त गरेको हो ।
आईतबारको टिमको अभ्यस सत्रमा प्रशिक्षक बर्खास्तीको जानकारी गराईएको थियो ।

फेवरेका अघिल्ला सहायक प्रशिक्षक इडिन टेरजिकले वाइडन ब्रेमेनविरुद्धको खेलमा डर्टमण्डको नेतृत्व गर्नेछन् ।
बुन्डेसलिगा क्लब तालिकाको छैटौ स्थानमा रहेको छ । उसले लिगका सुरुवाती ११ खेलबाट १९ अंक जोडेको छ ।
डर्टमण्डका डिफेन्डर माट्स हुमेल्सले फेवरेको आलोचना गरेपछि प्रशिक्षकको पद थप धरापमा परेको थियो ।