एजेन्सी । बार्सिलोना यस सिजन लयमा आउन संघर्षरत छ । एक पछि अर्को पराजयले बार्सिलोनामाथि दबाब समेत थपिएको छ ।
आईतबार राति घरेलु मैदानमा लेभान्तेलाई आतिथ्यता प्रदान गर्दा बार्सिलोनासामु पुरानै लयमा फर्कने अवसर हुनेछ ।
गत हप्तामात्र बार्सिलोना नवप्रवेशी कार्डिजसंग पराजित बन्यो । क्याटलान क्लब तालिकाको नवौं स्थानमा छ । लेभान्ते भने रेलिगेशन क्षेत्रबाट माथि उठ्न संघर्षरत छ ।
सिजनको सुरुवातको महिनामै उसलाई अंक जोड्न कठिन जस्तै भयो ।
बार्सिलोनाका लागि यस सिजन राम्रो रहन सकेको छैन । उसले १० खेलमा ४ मा जित, दुई बराबरी र चारमा हार ब्यहोरेको छ । उसले मात्र १४ अंक बटुल्दै तालिकाको नवौं स्थानमा छ ।
रोनाल्ड कोम्यानको बार्सिलोना शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा १२ अंकले पछि परेको छ । क्याटलान क्लबले नोभेम्बरको अन्त्यमा घरेलु मैदानमा ओसासुनामाथि ४–० को जित निकालेको थियो । त्यसपछि क्लबले प्रभाव देखिने जित निकाल्न सकेको छैन ।
च्याम्पियन्स लिगमा मंगलबार राति पनि बार्सिलोना घरेलु मैदानमा युभेन्ट्ससंग ३–० ले पराजित बन्यो । तर क्याटलान क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरिसकेको छ ।