एजेन्सी । पाउल पोग्बाले म्यान्चेष्टर युनाईटेडसंग आफ्नो सबै कुरा स्पष्ट रहेको बताएका छन् ।
उनले आफु क्लबप्रति हजार प्रतिशत प्रतिबद्ध रहेको उल्लेख गर्दै युनाईटेडसंग यस विषयमा स्पष्ट रहेको बताएका हुन् ।
२७ वर्षिया मिडफिल्डरका एजेन्ट मिनो रायोलाले पोग्बा क्लबमा खुसी नभएको बताउँदै उनले क्लब परिवर्तन गर्न चाहेको बताएका थिए ।
शनिबार पोग्बाले युनाईटेडका लागि म्यान्चेष्टर डर्बीमा पुरै ९० मिनेट मैदानमा बिताएका थिए । उनले यस सिजन ६ खेलमा सुरुवाती सेटमा रहेर मैदान उत्रिएका थिए ।

‘मैले सधै युनाईटेडका लागि लडेको छु । आफ्नो टिम र साथीका लागि लड्नेछु ।’ पोग्बाले भनेका छन् ।
‘बाहिर आउने विषय महत्वपूर्ण हैन । भविष्य निकै पर छ । आजको अर्थ राख्छ । म हजार प्रतिशत समाहित छु । हामी सधै संगै बलियो छौ । क्लब र मबीच सबै विषय स्पष्ट छ । जुन कहिल्यै परिवर्तन हुदैन ।’ उनले भने ।
पोग्बाको क्लबसंगको सम्झौता सन् २०२२ मा सकिदैछ । उनी सन् २०१६ मा ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट युनाईटेड आएका थिए ।
उनले युनाईटेडका लागि १ सय ७२ खेलमा ३५ गोल गरेका छन् । उनले सन् २०१६–१७ देखि क्लबका लागि कुनै उपाधि जित्न सकेका छैनन् ।