एजेन्सी । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले युनियन वर्लिनसंग बराबरी खेल्दै अंक बाँडेको छ ।
शनिबार राति बायर्नले घरेलु टोली वर्लिनसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
तालिकाको छैटौ स्थानमा रहेको वर्लिनले ग्रिस्चा प्रोमेलको गोलबाट खेलमा अग्रता लिएको थियो ।

दोस्रो हाफमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । किग्सले कोम्यानको पासलाई सदुपयोग गर्दै लेवान्डोस्कीले बायर्नका लागि बराबरी गोल फर्काए ।
उसले यस सिजन बायर्नका लागि १३ गोल पुरा गरेका छन् । उनी फिफाको वर्ष खेलाडीको अन्तिम तीन जनाको मनोनयनमा समेत आफुलाई पार्न सफल भएका छन् ।

लिगका पछिल्ला चार खेलमा बायर्नले पहिलो जित निकालेको छ । र आरबी आईपेजिगसंग गोल अन्तरका आधारमा शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
लाईपेजिग दिनको सुरुवाती खेलमा वार्डर ब्रिमेनसंग २–० ले पराजित बनेको थियो ।
बायर्न र लाईपेजिगको समान २४ अंक छ । वर्लिन १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।
बायर्न समूह समूह विजेतको रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ । साविक विजेता क्लबले नकआउट चरणमा खेल्ने टोलीको टुङ्गो सोमबार लाग्नेछ ।